जिल्लाको बारेमा
स्वागत छ, जिल्ला शिक्षा कार्यालय, बर्दियामा !!!
बर्दिया मध्यपश्चिम तराई भागमा अवस्थित जिल्ला हो । विगतमा बर्दिया जिल्ला गूलरियाको नामले चिनिन्थ्यो जून अहिले जिल्ला सदरमूकामको रुपमा रहेको छ । स्थानीयबासीको भनाई अनूसार गूल्लर नामक बिरुवाको नामबाट गूलरिया रहेको बूझिन्छ । यो जिल्ला तराई क्षेत्रको अन्न भण्डार भुमिको रुपमा मानिन्छ । अर्को भनाई अनूसार संस्कृत भाषामा “वरद” भन्नाले राम्रो र “भु” भन्नाले उब्जाऊ भुमि बूझिन्छ । केही स्थानीय मानिसको भनाई यो छ कि “बरदिवा” शब्दबा६ नै यस जिल्लाको नाम रहन गएको हो । थारु भाषामा बरदिवा शब्द भनेको गाई गोरु चराउने ब्यक्तिलाई बूझाउंछ । पौराणीक किंवदन्ती अनूसार यस जिल्लाको पदनाहा भन्ने गाउंमा बाह्रजना बरदिवाहरुको एउटा घटना भएको थियो । त्यस घटनामा सबै बरदिवाहरु अचानक लोप भएर तिनीहरु कहिल्यै पनि देखा परेनन् । त्यो घटना भएको ठाउलाई “बाह्रबरदिवा” नामले चिनियो र पछि यसै शब्दबा६ यस जिल्लाको नाम बर्दिया रहन गएको हो । ९६८ वर्ग कि.मि. क्षेत्रफल ओगटेको बर्दिया राष्टिय निकूञ्ज सहित यस जिल्लाको कुल क्षेत्रफल २०२५ वर्ग कि.मि. छ । यो जिल्ला पुर्वमा बाके र सल्यान, पश्चिममा कैलाली, उत्तरमा सूर्खेत र दक्षिणमा भारतको उत्तर प्रदेशमा पर्ने बहराइच जिल्लाले घेरिएको छ ।
यो जिल्ला २८ दशमलव ८ देखि २८ दशमलव २९ डिग्री उत्तरी अक्षांश र ८१ दशमलव ३ देखि ८१ शमलवद ४१ डिग्री पुर्वी देशान्तरमा अवस्थित छ । बर्दिया राष्ट्रिय निकूञ्ज ठाकूरद्वारा, कृष्णसार संरक्षण क्षेत्र गूलरिया र जिल्लाको पश्चिम सिमाना स्थित कर्णाली पूल पर्यटकीय हिसावले प्रसिद्ध छन् । १२५ मिटर उचाई रहेको दक्षिणी भागदेखि १४५७ मिटर उचाई रहेको उत्तरी भागले उचाई जन्य विविधता देखाउछ ।
नदीको हिसावले यो जिल्ला तीन भागमा विभाजित छ । पहिलो बाके र बर्दियाको सीमाक्षेत्र छुट्टाउने पुर्वि भेकबाट बग्ने मान नदी, दोश्रो जिल्लाको मध्य भागबाट बग्ने बबई (भादा) नदी र तेश्रो पश्चिमी भागबाट बग्ने कर्णाली (गेरुवा) नदी। गेरुवा नदी पनि दूई भागमा विभाजित छ । मान नदी र बबई नदीको बीचमा १२ गा.बि.स., बबई नदी र गेरुवा नदीको बीचमा एक नगरपालिका सहित ११ गा.बि.स. र गेरुवा नदीको पश्चिम पट्टी ११ गा.बि.स. पर्दछन् । जिल्लाको औषत वार्षिक वर्षा करिव ६९८.५ मिलि लिटर रहेको छ भने तापक्रम हिउदमा न्युनतम ७ डिग्री सेल्सियसदेखि गृष्ममा अधिकतम ४३ सेल्सियस सम्म पूग्दछ । १३ इलाका सहित यो जिल्ला ४ निर्वाचन क्षेत्रमा बिभाजित छ । ३१ गा.बि.स. र १ नगरपालिका रहेको छ । २०६८ को जनगणना अनुसार महिलाको जनसंख्या २२११८५ र पुरुषको जनसंखया २०३७५६ गरि जम्मा जनसंख्या ४२४९४१ रहेको छ ।
यस जिलामा ६३७ वटा वालविकास केन्द्र, सामुदायिक तर्फ २९८ वटा विद्यालय, संस्थागत तर्फ ६८ विद्यालय गरी जम्मा ३६६ विद्यालय संचालनमा रहेको अवस्था छ । जम्मा १० श्रोतकेन्द्र रहेको यस जिल्लामा ५ निरीक्षण क्षेत्र रहेको छ । जिल्लाभर सामुदायिक तर्फ प्रावि १६८, निमावि तर्फ ६२, मावि तर्फ ३५ र उमावि तर्फ ३३ गरी जम्मा २९८ विद्यालय छन् भने क्यामपस १० वटा संचालित छन् । जनगणाना २०६८ अनुसार जिल्लाको साक्षरता प्रतिसत ६७.२९ प्रतिसत छ । जस मध्ये ७५.३१ प्रतिसत पुरुष साक्षर र ५७.९६ प्रतिसत महिला साक्षर रहेको छन् ।
परिपत्र तथा सूचना
- विद्यालयलाई आ.व. २०७३/०७४ अन्तर्गत SSDP कार्यक्रम कार्यान्वयन सम्बन्धि निर्देशन ।
- शैक्षिक सत्र २०७३ IEMIS सम्वन्धमा ।
- बर्दिया जिल्लाकाे अस्थायी शिक्षक विवरण
- बर्दिया जिल्लाकाे अस्थायी शिक्षक विवरण
- बर्दिया जिल्लाकाे अस्थायी शिक्षक विवरण
- एसए२लसी ग्रेड वृद्धि पुरक परीक्षाा २०७२ सम्वन्धी सूचना
- कक्षा ९ र १० काे एेच्छिक विषय सम्वन्धी सूचना
- जिल्ला स्तरीय परीक्षाा २०७२ काे नतिजा प्रकाशन गरिएकाे सूचना थप हेर्नुहोस
